मनीषा कोइराला एक पटक फेरि फिल्मी पर्दामा आएकी छन् । तर ग्लामर्स अभिनेत्रीका रुपमा होइन, एक आमाका रुपमा । मनीषा भेट्रान निर्देशक राजकुमार हीरानीको शुक्रबारदेखि हलमा उत्रिएको फिल्म ‘सञ्जु’ मा नरगिस दत्तको भूमिकामा आएकी हुन् ।


ADVERTISEMENT


फिल्ममा रणवीर कपुरले सञ्जय दत्तको भूमिका निभाएका छन् भने मनीषाले सञ्जयकी आमाको ।


ADVERTISEMENT

# # #


बीबीसीसंग कुराकानी गर्दै मनीषाले बताएकी छन् ‘हिरोनीलाई उसको ४० वर्षपछि आमाको रोल मिल्छ । मलाई यसमा फस्नु थिएन । म क्यान्सरसंग पनि जुधेकी मानिस । म त राजु हिरानीलाई म यो भूमिका गर्दिन भन्ने गएकी थिएँ । तर, उहाँले मलाई यति राम्ररी सम्झाउनु भयो कि मैँले नाई भन्नै पाइँन । मलाई अहिले गर्व छ कि म यस फिल्मको एक हिस्सा बनेकी छु ।’

मनीषाले आफु र निर्माता विधु विनोद चोपडासंग जोडिएको एक रमाइलो किस्सा सुनाएकी थिइन् । वास्तवमा जब ‘१९४२ : द लभ स्टोरी’ को कास्टिङ भइरहेको थियो । जसमा केही अभिनेत्रीले यसमा स्क्रीन टेस्ट दिएका थिए । मनीषापनि त्यहाँ गएकी थिइन् ।

मनीषा बताउँछिन्,‘त्यसबेला विधु विनोदले बताएका थिए कि म एकदमै नराम्रो अभिनय गर्छु । उनको यो कुराले मलाई छोयो र मैँले उनीसंग दोस्रो मौका मागेँ ।’ यसपछि मनीषले दिन रात स्क्रीन टेस्टको तयारी गरिन् । जब दोस्रो दिन उनले टेस्ट दिइन् अनि विधु विनोद चकित भए । उनले अझै राम्रो गर्न सल्लाह दिए ।

जिन्दगीमा सुन्दर देखिनुभन्दा परपनि धेरै कुराहरु छन्

अहिले मनीषा कोइराला ती फिल्ममा अभिनय गर्न चाहान्छिन् जहाँ उनलाई जोडदार अभिनय गर्ने मौका मिलोस् । मनीषालाई लाग्छ कि उनको उमेरकी अभिनेत्रीमा सुन्दर र जवान देखिने दबाब हुन्छ । तर उनी स्वयम् आन्तरिक रुपमा स्वस्थ हुन बढी जोड दिन्छिन् ।

मनीषा बताउँछिन् ‘ग्लामर क्षेत्रमा सुन्दर र जवान देखिनका लागि धेरै दबाब हुन्छ । म पनि आफ्नो लुक्समा ध्यान त दिन्छु । तर त्यसकै पछि लागेर म पागल हुदिँन् । मात्र सुन्दरताका लागि म आफ्नो स्वास्थसँग सम्झौता गर्न सक्दिँन । किनकी जिन्दगीमा सुन्दर देखिनुभन्दा पर पनि धेरै कुराहरु छन् ।’

मनीषा यो कुरामा खुसी छन् कि आज फिल्म क्षेत्रमा महिलाका लागि स्थान बनाउन सजिलो छ । उनलाई लाग्छ आजकी अभिनेत्री बोल्ड छन् र आफ्नो मनको कुरा सामुन्ने राख्छन् । उनले बताइन् कि अहिले शुरुवात मात्रै भएको छ र धेरै उतारचढाव आउन बाँकी नै छ ।

-बीबीसी हिन्दी