काठमाडौं– युवा निबन्धकार तथा नियात्राकार युवराज नयाँघरेको ‘औंला–औंलामा अस्ट्रेलिया’ नियात्रा संग्रहको विमोचन भएको छ । शताब्दी पुरुष सत्यमोहन जोशीले शुक्रबार एक कार्यक्रमका बीच उक्त कृति विमोचन गरेको हुन् ।


ADVERTISEMENT


विमोचन गर्दै इतिहास्विद् जोशीले नेपाली निबन्ध र नियात्रामा नयाँघरेले उल्लेखनीय योगदान पुर्याएको चर्चा गरे । उनले भने– ‘यो कृतिले अस्ट्रेलियाली आदिवासीबारे निकै राम्रोसँग बताएको छ ।’


ADVERTISEMENT

# # #


यस्तै समालोचक महेश पौडेलले नियात्रा संग्रहमाथि आफ्नो मन्तव्यमा नयाँघरेको आफ्नोपन र खुबी यस कृतिमा पोखिएको उल्लेख गरे । पौडेलले भने– ‘नियात्राको विशिष्ट स्वाद र शैली यस कृतिभित्र भेट्न सकिन्छ ।’

साहित्यकार कृष्ण धराबासीले शुभकामना दिँदै नयाँघरे घुमेर लेखिरहने एक जना समर्पित लेखक भएको बताए । उनले भने, ‘नियात्राको कला र मौलिक शैलीका धनी नयाँघरेको यो कृतिले अस्ट्रेलियालाई नयाँ पाराले व्याख्या र विवेचना गरेको छ ।’

कृतिकार नयाँघरेले आफ्नो मन्तव्यमा नेपाली निबन्ध र नियात्रा लेखन कला जारी राख्ने बताए । उनले भने– ‘अस्ट्रेलियामा जाने र आउनेहरुको विशेष अनुभूति यहाँ लिपिबद्ध छ ।’

निबन्धकार मणि लोहनी, रत्न पुस्तक भण्डारका प्रबन्धक सुरेश श्रेष्ठ लगायतले मन्तव्य राखेको सो समारोह निकै भव्य थियो । नयाँघरेका १५ वटा कृतिमा यस अघि ६ वटा नियात्रा कृति आइसकेका छन् ।