बुटवल– सिद्धबाबा नजिकै खसेको पहिरोले अवरूद्ध सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । दुईतर्फी सञ्चालन हुन भने अझै केही समय लाग्ने प्रहरीको भनाइ छ ।


ADVERTISEMENT


पाल्पाको तिनाउ गाउँपालिका–३, हेडबक्समा पहिरो खसेपछि राति ११ बजेदेखि नै सडक अवरुद्ध बनेको थियो । डोजरले पहिरो पन्छाएपछि सडक एकतर्फी खुलेको हो ।


ADVERTISEMENT

# # #


पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, बुटवलले पहिरो हटाएर अवरुद्ध राजमार्ग एकतर्फी सञ्चालनमा ल्याइएको जानकारी दिएको छ । प्रहरीले पहिरो हटाउन डोजर प्रयोग भइरहेको जानकारी दिँदै दुईतर्फी संचालन हुन अझै समय लाग्ने जनाएको छ ।

हेडबक्समा पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ ।