काठमाडौँ– आफ्नो समूह चरणका तीनै खेल जितेको बलियो टिम बेल्जियमको डिफेन्स तोडेर इतिहास रच्नका लागि एक मात्र एशियाली देश जापान आज प्रि-क्वार्टर फाइनल खेलका लागि मैदान उत्रिँदैछ ।


ADVERTISEMENT


बेल्जियम रोस्टव एरीनामा जितका साथ तेस्रो पटक क्वार्टर फाइनलको यात्रा तय गर्नका लागि जापानको सामना गर्दैछ । आफ्नो समूह चरणको खेलमा पानामा, ट्युनिसिया र इङल्याण्ड जस्ता टिमलाई हराउने बेल्जियमको डिफेन्स शानदार छ ।


ADVERTISEMENT

# # #


उसले केवल ट्युनिसियासंगको खेलमा मात्रै दुई गोल खायो । तर, यस खेलमा उसले पाँच गोल गरेको थियो । हेरी केनले कप्तानी गरेको टिम इङल्याण्डलाई पनि बेल्जियमले गोल गर्न दिएन । जसको परिणाम स्वरुप उसले १-० ले जित्यो ।

तेस्रो पटक क्वार्टर फाइनलमा पुग्ने लक्ष्यका साथ मैदान उत्रिने यस टिमको विरुद्धमा जित्नु जापानका लागि कम्ती चुनौतिपूर्ण हुने छैन ।जापानका लागि यस खेलमा सबैभन्दा ठूलो चुनौति भनेको बेल्जियमको डिफेन्सलाई छक्याउँदै गोल पोस्टको यात्रा तय गर्नु हो । यद्दपी जापानलाई पनि कम आँक्न भने मिल्दैन । उसले समूहमा बलियो मानिएको कोलम्बियालाई पराजित गरेर सनसनी मच्चाएको छ ।

जापानको लागि क्षमता परीक्षणको खेल

सेनेगलसंग बराबरी खेलेको जापानले पोल्याण्डसंग भने १-० ले हारेको थियो । तर पनि यस खेलमा जापान केही बढी दबाब महशुस गर्नेछ । किनकी एक खेल मात्र जितेको जापानले आफ्नो क्षमताले भन्दा पनि भाग्यले अन्तिम १६ को यात्रा तय गरेको हो ।

जापानकै समूहमा रहेका कोलम्बिया र सेनेगलको बीचमा भएको खेलले नै अकीरा निशिनो (जापान टिमका म्यानेजर)को टिमलाई अन्तिम १६ को स्थान दिलाएको हो । वर्ल्‍डकपबाट पहिले नै बाहिरिसकेको कोलम्बियाले आफ्नो अन्तिम खेलमा सेनेगललाई हराएपनि सेनेगलसंग समान अंक भएको जापानले मौका पाएको थियो ।

जापानी मिडफिल्डर गेंकी हरागुची, सिन्जी कगावा र ताकाशी इनुईले अत्याधिक मेहनेत गरेर बेल्जियमको डिफेन्सलाई छक्याउँदै गोल गर्नुपर्ने छ । बेल्जियम भलै प्रिक्वार्टरफाइनल खेलमा बलियो टिम लिएर उत्रिने छ । तर, ऊ कुनैपनि किसिमले आफ्नो यशियाली प्रतिद्वन्द्वी जापानलाई हल्का भने पक्कै लिने छैन ।

यस पटक उसको आफ्नो लक्ष्य सेमिफाइनलसम्म पुग्नु छ । यसका लागि बेल्जियमले आफ्नो पूरै जोडबल लगाएर जापानको डिफेन्सलाई सामना गरेर उसको अट्याको जवाफ दिनेछ ।