काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको तेस्रो बैठक पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा अहिले केही बेरपछि प्रधानमन्त्री निवास बालुवाटारमा शुरु हँुदै छ ।

पार्टीका महासचिव विष्णु पौडेलका अनुसार पार्टी स्थायी समितिको बिहीबार बस्ने बैठकको तयारीका लागि अहिले ९ बजे सचिवालय बैठक बस्न लागेको हो ।


ADVERTISEMENT

# # #


आजको बैठकले पार्टी विधान र नियमावलीसहितको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गर्नेछ । नौ सदस्यीय नेकपा सचिवालयको उक्त बैठकमा मुलुकको समसामयिक विषयमा पनि छलफल हुने बताइएको छ । रासस

प्रतिकृया

प्रतिकृया