काठमाडौं–जापानी राष्ट्रिय टोलीका कप्तान माकोतो हासिबीले पनि राष्ट्रिय टोलीबाट सन्यासको घोषणा गरेका छन् ।


ADVERTISEMENT


‘मैले राष्ट्रिय टोलीमा मेरो करियरको अध्याय सक्ने निर्णय गरेको छु,’ हासिबीले सामाजिक सञ्जाल इस्टाग्राममा लेखेका छन् । ३४ वर्षिय हासिबी जापानी डिफेन्सिभ मिडफिल्डर थिए । १२ वर्षदेखि हासिबी जापानको राष्ट्रिय टोलीबाट खेल्दै आएका थिए ।


ADVERTISEMENT

# # #


यसअघि सोमबार राति भएको विश्वकपको प्रिक्वार्टर फाइनलमा जापान बेल्जियमसँग ३–२ ले पराजित भएको थियो ।

मंगलबार मिड फिल्डर केइसुकी होन्डाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए ।

‘राष्ट्रिय टिममा मेरो करियर टुंग्याउँदैछु,’ होन्डाले भनेका छन्,‘म खुसी छु किनभने हामीसँग राम्रा यूवा खेलाडी छन् । जापानी फुटबलको इतिहास लेख्ने पालो अब उनीहरूको हो ।’

होन्डाले सन् २००८ मा जापानको राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए। ३२ वर्षिय होन्डाले जापानका लागि ३७ गोल गरेका छन् ।