ललितपुर– राणाकालमा निर्माण भएको जाउलाखेलस्थित सदर चिडियाखाना आधुनिक बन्दैछ । यहाँका भौतिक सुधारसँगै सूचना प्रणालीको प्रयोगमार्फत चिडियाखाना बदलिन लागेको चिडियाखानाले जनाएको छ ।


ADVERTISEMENT


चिडियाखानाको जनावरका खोर, भान्सा, कार्यालयलगायतका भवन सबै सुधारका क्रममा रहेको डा चिरञ्जीवी खरेलले बताएका छन् । ६० प्रतिशत पुराना संरचनामा पुनःनिर्माण वा मर्मत भइसकेको छ । राणाकालीन संरचना सुधार भएर नयाँ बन्ने क्रममा रहेको छ । राणाकालमा बनेका पुराना खोरमध्ये अहिले भालुको खोर एउटा मात्रै बाँकी छ । उनले भने “त्यो पनि हामीले पहिले यस्तो खोर थियो भन्ने यहाँ आउनेलाई देखाउनका लागि राखेका हौँ ।”


ADVERTISEMENT

# # #


चिडियाखानामा सूचना प्रविधि डिजिटल प्रविधिमा लैजाने तयारी भइरहेको प्रमुख खरेलले बताएका छन् । आगन्तुकले चिडियाखाना छिर्नासाथ भित्रका बारेमा जानकारी पाउन् भन्नका लागि टिकट काउन्टर नजिकै डिस्प्ले राख्न लागिएको छ । आगामी वर्षदेखि सञ्चालनमा ल्याउने गरी योजना अघि बढेको हो ।

उनले भने, “भित्र छिर्नासाथ आगन्तुकले कुन जनावर हेर्ने त्यसका बारेमा र चिडियाखानाका बारेमा विस्तृत जानकारी पाउन सक्छन् ।” नक्साका आधारमा आगन्तुक आफूले हेर्न चाहेको जनावरको खोरमा पुग्न सक्नेछन् ।

पहिले फोहरले ढाकिएको देखिँदै आएको गोही अब सफा हुने भएको उनले बताए । स्वचालित उपकरणले पानीले गोही सफा गर्ने गरेर काम भइरहेको छ । यसले गर्दा एकातिर अक्सिजन बढ्ने र अर्कातिर आगन्तुकले सफा गोही हेर्न पाउने छन् । कोइरालाले भने, “यसले गर्दा आगन्तुकलाई थप आकर्षित गर्ने हाम्रो विश्वास छ ।”

पहिले खोरसम्म आगन्तुकले हात पु¥याउँथे । पुराना खोर जनावरका लागि सहज थिएनन् । अहिले जनावरका लागि नयाँ बनेका नयाँ खोर फराकिला छन् । उनले भने, “जनावरको आवश्यकताअनुसार चिडियाखानामा सुधारको काम भइरहेको हो ।”

अहिले चिडियाखानामा खोर वरपर फुटपाथ निर्माणको टेण्डर प्रक्रिया भइसकेको छ । बाघ खोरदेखि टिकट काउण्टरसम्म ढुंगा छाप्न लागिएको हो । यस ठाउँमा पहिले इँटा छापिएको थियो । उनी भन्छन्, “ढुंगाले यसलाई प्राकृतिकस्वरुप दिने हुनाले ढुंगा छाप्ने काम भइरहेको हो ।”

जनावरका लागि खाना बन्ने मुख्य भान्सा फराकिलो बनाउने काम भइरहेको सहायक क्युरेट गणेश कोइरालाले बताएका छन् । नयाँ भान्सा आधुनिक छ । ठूलो हुनाले खाना राख्न र पकाउन पुरानो भान्साजस्तो समस्या छैन ।

उनले भने, “पहिले हामीले साँघुरोमा गाह्रो गरेर पकाउने र भाग लगाउने गर्दै आएकामा अहिले त्यो अवस्था छैन ।” पहिलेको भान्सामा अध्ययनका लागि आउने विद्यार्थी अटाउन मुस्किल पर्दथ्यो । भुर्इँ सफा गर्न सजिलो रहेको बताए । मुख्य भान्साबाट खानालाई छुट्टयाएर बाँड्नका लागि सहायक भान्सा निर्माणको काम अघि बढिरहेको छ ।

यहाँ आउने आगन्तुकका लागि शौचालय बनिरहेको सहायक क्युरेट कोइरालाले बताए । अपांगतामैत्री खालको शौचालय आगन्तुकको सहजतालाई ध्यानमा राखेर बनाइएको छ । चिडियाखानाभित्रै दुई ठाउँमा खानेपानीको व्यवस्था हुँदैछ । उनले भने, “हामीले चिडियाखानाको विकाससँगै आगन्तुकलाई पनि सकेसम्म सजिलो वातावरण दिन लागेका छौँ ।”

चिडियाखानाले भित्र छिर्नासाथ आगन्तुकले सम्पूर्ण जानकारी एक ठाउँमा पाउन सकून् भन्नका लागि ‘सूचना कक्ष’ निर्माणको योजना बनाइरहेको छ । चिडियाखाना र त्यससँग सम्बन्धित विभिन्न जानकारी आगन्तुकले कक्षमा कम्प्युटर थिचेर आफैँले पाउन सक्छन् । उनले भने, “यहाँ दैनिक दुई÷तीन हजार आगन्तुकलाई यो ज्ञानबद्र्धक हुन सक्नेछ ।”

चराको खोर निर्माणका लागि टेण्डर आह्वान भएको छ । अहिलेभन्दा ठूलो र फराकिलो ठाउँ बनाउन लागिएको हो । प्रमुख खरेल भने, “टेण्डर भएपछि धमाधम काम अघि बढ्नेछ ।” पुरानो भान्सा भएका ठाउँमा आगामी वर्षदेखि नीलगाईको खोर बन्नेछ । स्याललाई एउटा कोठाबाट अर्को कोठामा सहज होस् भन्नका लागि छिर्ने ठाउँ निर्माण भइरहेको छ । बाँदरको खोर निर्माणको काम भइरहेको छ ।

‘पुतलीको घर’ निर्माणको योजना बन्दैछ । पुतलीको घरमा आगन्तुक भित्र पस्न पाउँछन् । उनले भने, “खुलारुपमा हिँडिरहेका पुतली आगन्तुकको जीउमा समेत हिँड्न सक्छन् ।” स्रोतका आधारमा योजना बढ्ने उज्नले बताए ।


ADVERTISEMENT

#
#


वि सं १९८९ मा शुरु भएको चिडियाखानाको व्यवस्थापन २२ वर्षदेखि राष्ट्रिय प्रकृति संरक्षण कोषले गरिरहेको छ । ३० वर्षका लागि संरक्षण गर्ने गरेर सम्झौता भएको थियो । चिडियाखानामा वार्षिक झण्डै ११ लाख आगन्तुक आइरहेका छन् । एकसय २४ प्रजातिका ८३७ वटा जनावर यहाँ रहेका छन् । रासस

प्रतिकृया

प्रतिकृया