शर्मिला विश्वकर्मा, काठमाण्डौं– अपाङ्गताको सवालको विषयमा एक दिने राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । नेपाल सरकार, यूनिसेफ, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, नेपाल अपाङ्ग मानव अधिकार केन्द्रको संयुक्त आयोजनामा उक्त सम्मेलन काठमाण्डौंमा सम्पन्न भएको हो ।


ADVERTISEMENT


‘नेपालमा अपाङ्गता : समावेशी समाजको लागि सहकार्य’ शीर्षकमा उक्त सम्मेलन गरिएको छ । जुलाई २४ मा लण्डनमा हुने विश्व अपाङ्गता शिखर सम्मेलनमा अपाङ्गता भएका व्यक्तिहरुका लागि उठाउनु पर्ने सवालहरुको पूर्व तयारी स्वरुप सम्मेलनको आयोजना गरिएको हो ।


ADVERTISEMENT

# # #


ऐन कानूनी तथा व्यवहारिक विभेद हटउन, समावेशी शिक्षा कार्यन्वयन गर्न, अपाङ्गता भएका व्यक्तिहरुको आर्थिक विकास तथा समृद्धिका लागि र अपाङ्गता भएका व्यक्तिको प्रविधिमा पहुँच र उपयोग गराउने उदेश्यले लण्डन सम्मेलनको पूर्व तयारीका लागि नेपालमा आयोजना गरिएको बताइएको छ ।

कार्यक्रममा प्रमुख अतिथि तथा महिला बालालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले यो सम्मेलनको सफलताको शुभकामना व्यक्त गर्दै नेपाल सरकारले सधै अपाङ्गताका सवाललाई प्राथामिकता दिएर काम गर्ने बताइन् । यस्तै बेलायती अन्तर्राष्ट्रिय गैरसरकारी संस्था डीएफआइडी नेपालका प्रमुख रुरिक मार्सडेनले नेपालमा यो पूर्व तयारीको लागि राष्ट्रिय सम्मेलन गर्नुको उदेश्य अपाङ्गता भएका व्यक्तिप्रतिको नकारात्मक धारणालाई अन्त्य गरी उनीहरुको अधिकारलाई सुरक्षित स्थान प्रदान कामको भएको बताए ।

त्यस्तै नेपाल स्थित संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमका आवासीय संयोजक भ्यालोरी जुलियनले नेपालले अपाङ्गताको क्षेत्रमा गरेका कार्यहरु प्रति विश्वको ध्यान केन्द्रित हुनु पर्ने बताइन् । यस्तै महिला बालालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सह–सचिव वीर बहादुर राईले अपाङ्गताका सवालहरुलाई सबै निकाहरुले समावेश गरेर काम गर्न जरुरी रहेको बताए ।

त्यसै गरी राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष सुदर्शन सुवेदीले दिगो विकासका लक्ष्यमा अपाङ्गताको सवाललाई समावेश गरेर काम गर्नु पर्ने बताए । सो राष्ट्रिय सम्मेलनमा नेपाल अपाङ्ग मानव अधिकार केन्द्रका महासचिव जगदिश प्रसाद अधिकारीले युवा महिला, बालबालिका, ज्येष्ठ नागरिक मन्त्रालय रहदा अपाङ्गताको नामलाई उच्चारण गर्ने मन्त्रालय नभएकोमा दुःख व्यक्त गरे ।