काठमाडौँ– रुसमा जारी फिफा विश्वकपको क्वार्टर फाइनलका खेल आजबाट सुरु हुँदैछन् । अन्तिम ८ मा पुगेका टिम सेमिफाइनलमा आफ्नो स्थान बनाउनका लागि मैदान उत्रिँदैछन् ।


ADVERTISEMENT


फिफा विश्वकपको २१ औँ संस्करणको यो क्वार्टरफाइनलले आफुसंग ६ र ७ को एक अद्भूत संयोग लिएर आएको छ । फुटबल फ्यानका लागि यो रोचक संयोग हो । यस चरणमा ६ र ७ जुलाईमा ६ र ७ बीच कडा टक्कर हुँदैछ ।


ADVERTISEMENT

# # #


क्वार्टर फाइनलमा पुगेका ८ टिमको सेड्युलमा नजर लगाउने हो भने त्यो रोचक संयोग देखिन्छ । त्यो भनेको ६ र ७ वटा अंग्रेजी अक्षर भएका टिमबीच भिडन्त हुँदैछ त्यो पनि जुलाई ६ र ७ मा ।

यस्तो छ संयोग :

1. 6 जुलाई: फ्रान्स (FRANCE- 6 अक्षर) Vs उरुग्वे (URUGUAY- 7 अक्षर)

2. 6 जुलाई: ब्राजिल (BRAZIL- 6 अक्षर) Vs बेल्जियम (BELGIUM- 7 अक्षर)

3. 7 जुलाई: स्वीडेन (SWEDEN- 6 अक्षर) Vs इङल्याड (ENGLAND- 7 अक्षर)

4. 7 जुलाई: रूस (RUSSIA- 6 अक्षर ) Vs क्रोएशिया (CROATIA- 7 अक्षर)