काठमाडौँ– मारुती सिमेन्टले देशभरका विक्रेताहरुलाई समावेश गर्दै एक भव्य डिलर मिट कार्यक्रमको आयोजना गरेकोे छ । ४ सय ५० भन्दा बढी डिलरका प्रतिनिधिहरुको सहभागिता रहेको उक्त कार्यक्रम शुक्रबार काठमाडौँमा सम्पन्न भएको हो ।


ADVERTISEMENT


‘विश्वासको एक दशक’ नामक उक्त कार्यक्रमको सुरुवात मारुती सिमेन्टका कार्यकारी निर्देशक अनुज राठी गरे । सहभागी सबैैलाई स्वागत गर्दै उनले सम्पूर्ण डिलर वर्गमा उनीहरुको मिहीनेत र सहकार्यप्रति कृतज्ञता व्यक्त गरे ।


ADVERTISEMENT

# # #


कार्यक्रममा आफ्ना डिलरहरुलाई विभिन्न विधामा सम्मान गर्ने क्रममा कम्पनीद्वारा काठमाडौँ उपत्यका क्षेत्र अन्तर्गत खुसी सप्लायर्स् एण्ड इन्भेष्ट्मेन्ट, गण्डकी धौलागिरी क्षेत्र अन्तर्गत सिद्धार्थ ट्रेडिङ (पोखरा), नारायणी अञ्चल क्षेत्र अन्तर्गत उत्सव ट्रेडर्स् (नारायणघाट), कोशी पूर्व क्षेत्र अन्तर्गत अमित सप्लायर्स् (विराटनगर) र कोशी पश्चिम क्षेत्र अन्तर्गत जय भवानी जगदम्बा ट्रेडर्स् (लाहान) उत्कृष्ट विक्रेता पुरस्कारद्वारा सम्मानित भएका छन् ।

यसैगरी भण्डारी सप्लायर्स् (बर्दिवास) लाई उदयीमान विक्रेता पुरस्कारद्वारा सम्मानित गरियो भने जय भवानी जगदम्बा ट्रेडर्स् (लाहान)ले नेपालकै ‘सर्वोत्कृष्ट विक्रेता’को उपाधि प्रदान गर्न सफल भयोे । साथै, कार्यक्रममा नेपाली सिमेन्ट उद्योगमा महत्वपूर्ण योगदान दिने विनोद केशरी उपाध्याय दीर्घ सेवा सम्मानद्वारा सम्मानित भए ।

कार्यक्रममा हास्य कलाकार जितु नेपाल तथा अभिनेत्री प्रियंका कार्की सहित भारतीय स्याण्ड आर्टिस्ट, बेलायती फायर इ्याक्ट, बेली डान्स एवं एलईडि डान्स कलाकार तथा नेपाली ब्याण्ड प्रयासले आफ्नो प्रस्तुती दिएका थिए ।