काठमाडौं– राजधानीको शंखमुलमा शनिबार बिहान मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने अर्का १ जना गम्भीर घाइते भएका छन् ।


ADVERTISEMENT


बा ८० प ११५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा अन्दाजी ३० वर्षीय युवकको मृत्यु भएको छ । उपचारका क्रममा ट्रमा सेन्टरमा मृत्यु भएका उनको सनाखत हुन सकेको छैन ।


ADVERTISEMENT

# # #


२१ वर्षीय रोमन बस्नेत गम्भीर घाइते छन् । प्रहरीका अनुसार उनको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।