काठमाडौँ– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मृतक दुई कर्मचारीका परिवारलाई सोमबार आर्थिक सहयोग प्रदान गरेको छ ।


ADVERTISEMENT


भारोत्तोलन प्रमुख प्रशिक्षक सुनिललाल जोशीको परिवारलाई रु दुई लाख ७४ हजार ९६६ तथा बक्सिङ प्रशिक्षक गोपाल राईका परिवारलाई रु दुई लाख ६५ हजार ८६४ हस्तान्तरण गरिएको छ । राखेपमा कार्यरत सम्पूर्ण स्थायी कर्मचारीको एक महिनाको तलबबाट १।५ प्रतिशत कट्टा गरी सहयोग प्रदान गरिएको हो ।


ADVERTISEMENT

# # #


वरिष्ठ अधिकृतद्वय कमल खनाल र वज्र केसी, राखेप कर्मचारी संघका अध्यक्ष रञ्जन थापा तथा महासचिव फणीन्द्र पौडेलले रकम हस्तान्तरण गरेका थिए । जोशीको यही असार ११ गते तथा राईको गत पुस ३ गते निधन भएको थियो । रासस