एजेन्सी– जुन काम महिनौँसम्म पनि गर्न सकिँदैन त्यो काम केही दिनमै गर्न सकिँन्छ यदि विशेष कारण पर्यो भने । थाइल्याण्ड उद्दार टिम र गोताखोरले यो साबित गरिदिएका छन् ।


ADVERTISEMENT


थाइल्याण्डको दुर्गम गुफामा फसेका १२ बच्चा तथा एक प्रशिक्षक मध्ये अहिलेसम्म ८ जनालाई सफलतापूर्वक बाहिर निकालिसकिएको छ भने बाँकी पाँचलाई बचाउनका लागि टिम कम्मर कसेर लागेको छ । यी बच्चालाई बचाउनका लागि धेरै मानिस स्वेच्छाले नै सामेल भएका छन् ।


ADVERTISEMENT

# # #


३८ वर्षीय गोताखोर समन गुननले त नौसेनाबाट रिटार्यड हुनुका बाबजुत पनि स्वेच्छाले यस मिसनमा सामेल भए । तर, बच्चाका लागि अक्सिजनको सिलेण्डर पुर्याउनका लागि गुफाभित्र गएका उनी आफै बेहोस भएपछि संसार छाडे ।

झुम्म अँध्यारो, भरिएको पानी र अक्सिजनको कमीका साथै भित्र पस्नपनि मुस्किलका बीच यस गुफाबाट बच्चालाई सुरक्षित बाहिर निकाल्नु सहज थिएन । तर, पूरा दुनियाँको नजर आफुमाथि र आफ्नो क्षमतामाथि परिरहँदा पनि थाइल्याण्ड यसमा सफल भएको छ ।

तर,  ८ वटा बच्चालाई सुरक्षित बाहिर निकालिसक्दा पनि थाईल्याण्ड सरकार र मिडियाले बढी प्रचार गरेका छैनन् । उद्दार टिमको सुरुवाती सफलता र राम्रो खबरपछि पनि थाइल्याण्ड सरकार सतर्क छ । बचाएका ८ बच्चाको पहिचान पूर्ण रुपमा गोप्य राखिएको छ ।

मिडिया त परको कुरा ती बच्चाका आमाबुवालाई समेत यसको बारेमा जानकारी दिइएको छैन । अहिलेसम्म यति मात्रै थाहा छ कि ८ बच्चालाई सुरक्षित बाहिर निकालिएको छ । तर,  क-कसलाई बाहिर निकालियो यसको बारेमा कुनै जानकारी बाहिर ल्याइएको छैन । सबै बच्चाको पहिचान गोप्य राखिएको छ ।

उनीहरुको आमाबुवालाई समेत यसको बारेमा बताइएको छैन कि उनीहरुको बच्चा सुरक्षित बाहिर निकाली सकिएको छ । योे ती परिवारको सम्मानमा गरिएको हो जसका बच्चा अझै गुफामा फसेका छन् । बच्चाको परिवार र उनको संवेदनालाई ध्यान राख्दै यसो गरिएको हो ।

थाईल्याण्डका सकरारी अधिकारीले यसमा पूरै धान दिएका छन् कि बच्चासंग सम्बन्धित जानकारी बाहिर जान नपाओस् । सूचनालाई कसरी नियन्त्रित गरिएको छ भन्ने उदाहरण यो पनि छ कि उद्दार क्याम्पमा जाँदा मोबाइल फोन पनि लिन दिइएको छैन ।

यसको कारण भनेको सूचना बाहिरिँदा अन्य बच्चाको उद्दारको लागि समस्या पैदा नहोस् भन्ने हो ।

११ देखि १७ वर्षका १२ जना बच्चा र उनका प्रशिक्षक फुटबल प्रशिक्षणका क्रममा गत जुन १३ मा उक्त गुफामा फसेका थिए । हराएको ९ दिनपनि पत्ता लागेका उनीहरुमध्ये ८ जनाको सुरक्षित उद्दार गरिएको छ भने बाँकीको अवस्था पनि सुरक्षित रहेको बताइएको छ ।