काठमाडौं– पत्रकार ऋषि धमलाकी श्रीमति एलिजा गौतम अभिनित चलचित्र ‘अनुराग’ पोस्टर सार्वजनिक गरिएको छ । असोज १२ गते प्रदर्शनमा आउने यस फिल्मको अफिसियल पोस्टरमा नव अभिनेत्री एलिजा र नव अभिनेता समुन्द्र पण्डितलाई रोमान्टिक अवतारमा देख्न सकिन्छ ।


ADVERTISEMENT


कान्छा दाई र यस्तो साथी बोलका दुई गीत सार्वजनिक भइसकेको अवस्थामा सार्वजनिक पोस्टरले फिल्मप्रतिको उत्सुकता झनै बढाएको छ ।


ADVERTISEMENT

# # #


‘अनुराग’ मा ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला, विश्व बस्नेतलगायतका कलाकारहरुको पनि अभिनय छ । सत्यराज चौलागाईं र आगत केसीको पटकथा तथा संवाद रहेको यो फिल्म सांगीतिक प्रेमकथामा आधारित छ ।

ऋषि धमला प्रस्तुतकर्ता रहेको फिल्मलाई सत्यराज चौलागाईंले निर्देशन गरेका हुन् । अनुरागमा लाइन प्रोडुसर दिपक गौतम रहेका छन् भने निर्मार्ण नियन्त्रक नबिन पुरी रहेका छन ।

भरत गौतम र गीता भेटवाल निर्माता रहेको ‘अनुराग’ को कथा किरण दाहालले लेखेका हुन् भने रामकुमार केसी छायाँकार हुन् ।