नेपालगञ्ज– वर्षा अनुकूल भएकाले यस वर्ष बाँके जिल्लामा धमाधम धान रोपाइँ भइरहेको छ ।


ADVERTISEMENT


जिल्लामा अहिलेसम्म ३० प्रतिशत धान रोपाइँ भएको बताइएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार यस वर्ष बाँकेमा ३६ हजार ५०० हेक्टरमा धान खेती गर्ने लक्ष्य छ ।


ADVERTISEMENT

# # #


गत वर्ष पनि सोही क्षेत्रफलमा धानखेती गरिएको सो कार्र्यालयका प्रमुख कृष्णबहादुर बस्नेतले बताएका छन् । यस वर्ष बाँकेमा करीव एक लाख १५ हजार मेट्रिक टन धान उत्पादन हुने सो कार्यालयको प्रारम्भिक अनुमान छ ।

बाँकेका किसानले यस वर्ष पनि राधा–४, सुख्खा–३, सावित्री, मन्सुली, रामधान जातका धान खेती गर्ने बताइएको छ । जिल्ला कृषि विकास कार्यालयले जिल्लाका किसानलाई धान खेतीमा ५० प्रतिशत अनुदानमा धानको बीउ र रासायनिक मल अनुदानमा उपलब्ध गराउँदै आएको छ ।

त्यसैगरी गत वर्षको बाढीबाट प्रभावित बाँके गंगापुरका किसानलाई कृषि कार्यालयले निःशुल्क धानको बीउ र रासायनिक मल उपलब्ध गराएको प्रमुख बस्नेतले बताएका छन् । रासस