एजेन्सी– पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफ आफ्नी छोरी मरियमसँग पाकिस्तान फर्किरहेका छन् । उनी शुक्रबार बिहान लण्डनबाट पाकिस्तान फर्किएका हुन् ।


ADVERTISEMENT


पाकिस्तानको समाचार एजेन्सी ‘डन’ का अनुसार नवाज र मरियम लाहौरको अल्लामा इकबाल इन्टरनेशनल एयरपोर्टमा स्थानीय समयानुसार बेलुका सवा ६ बजे पुग्नेछन् । दुबै इतिहाद एयरवेजको फ्लाइट EY243 बाट अबू धाबीको हुँदै फर्किरहेका छन् ।


ADVERTISEMENT

# # #


लण्डनबाट फर्किनु अघि मरियमले ट्ीवटरमा तस्बिर सेयर गरेकी छिन् । एउटा तस्बिरमा दुबै कुलसूम नवाजसँग बिदा भइरहेको देखिएका छन् जो लण्डनको एक हस्पिटलमा भर्ना भएका छन् ।

स्मरण रहोस्, नवाज र मरियमलाई लाहौर एयरपोर्ट पुग्नेबित्तिकै पक्राउ गरिनेछ र हेलिकोप्टरमार्फत इस्लामावाद पुर्याइनेछ । जानकारीका अनुसार उनलाई अडियाला जेलमा राखिने सम्भावना छ ।

स्मरण रहोस्, पनामा पेपर लिक भएपछि उनीविरुद्ध भ्रष्टाचारका तीन मुद्दामध्येको एक (एवेनफील्ड सम्पत्ति मामला) मा उनलाई केही दिन अघि अदालतले ११ वर्ष कैद सजायँ सुनाएको छ ।

विमानभित्र रेकर्ड गरिएको एउटा भिडियो मेसेजमा नवाजले भने, ‘देश मुश्किल स्थितीबाट गुज्रिरहेको छ । म जति गर्न सक्थेँ, त्यो मैले गरें । मलाई १० वर्षको जेल सजायँ सुनाइएको छ र मलाई सिधा जेल पुर्याइनेछ । तर पाकिस्तानी नागरिकले यो थाहा पाओस् भन्ने चाहन्छु कि यो सबै म उनीहरुका लागि नै गरिरहेको छु ।’