म्याग्दी– सदरमुकाम बेनीबजारको शिरमा रामायण पार्क निर्माण गरिने भएको छ । बेनी नगरपालिकाले जिल्ला सदरमुकाम बजारको शिरमा अवस्थित आँपरुखदेखि पुलाश्रम सम्मको क्षेत्रलाई समेटेर रामायण पार्क निर्माणको तयारी गरेको हो ।


ADVERTISEMENT


परामर्शदाता कम्पनीमार्फत विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) बनाउने काम अन्तिमचरणमा पु¥याएको नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा रामायण पार्कलाई गौरवको आयोजनाको रुपमा छनोट गरेको छ ।


ADVERTISEMENT

# # #


चालु आर्थिक वर्षमा रु चालीस लाख विनियोजन भएको रामयण पार्क बनाउने योजनालाई पूर्णता दिन आगामी वर्षका लागि रु ४२ लाख विनियोजन गरेको नगर कार्यपालिकाका प्रवक्ता रामकृष्ण बराईलीले जानकारी दिएका छन् ।

पुलाश्रममा रावण जन्मिएको ऐतिहासिक धार्मिक ग्रन्थमा उल्लेख भएको तथ्यको आधारमा रामायण पार्क बनाउन लागिएको नगर प्रमुख हरिकुमार श्रेष्ठले बताएका छन् । रामायणपार्क निर्माण भएपछि म्याग्दी हुँदै मुक्तिनाथ र मुस्ताङ जाने आउने तीर्थयात्री तथा पर्यटकलाई बेनीमा अडाउन सकिने नगरप्रमुख श्रेष्ठको विश्वास छ ।

क्षेत्री समाज भवन निर्माण
बेनी नगरपालिका–२ भकुण्डेमा चन्दा संकलन गरेर रु ११ लाखको लागतमा क्षेत्री समाज नेपाल ज्यामरुककोटको भवन निर्माण भएको छ ।

ज्यामरुककोटमा रहेका क्षेत्रीबाट यथाशक्य चन्दा संकलन गरेर भवन निर्माण गरेको क्षेत्री समाज नेपाल ज्यामरुककोटका अध्यक्ष दिलबहादुर कार्कीले जानकारी दिएका छन् । अध्यक्ष कार्कीका अनुसार न्यूनतम तीन हजार भन्दामाथि चन्दा दिने दाताको नाम शिलालेखमा अंकित गरिने भएको छ ।

२१ सय घरधुरी बाढीपहिरोको जोखिममा
कमजोर र भिरालो भू–बनोट, छोटो समयमा हुने अधिक वर्षा र डोजरको प्रयोग गरी खनिएका मोटरबाटोका कारणले म्याग्दी जिल्लामा दुई हजार १५० घरधुरी बाढीपहिरोको जोखिममा रहेको तथ्यांक सार्वजनिक भएको छ ।

जिल्लामा प्रतिवर्ष ३७ लाख ४५ हजार, ६९० घन मिटर मलिलो माटो बग्ने गरेका कारण शहर तथा ग्रामीण क्षेत्रमा ठूलो परिमाणमा भूक्षय र पहिरो जाने गरेको भू–संरक्षण कार्यालय म्याग्दीले जनाएको छ ।

जिल्लामा १८ भन्दा बढी ठूलो पहिरो र सयौंको संख्यामा रहेका मध्यम तथा साना पहिरोले करीब नौ सय र बाढीले एक हजार २५० घरधुरी जोखिममा जिल्ला भू—संरक्षण कार्यालय म्याग्दीले जनाएको छ । पहिरोले एक हजार ३४।१ हेक्टर क्षेत्रफल ओगटेको कार्यालयले जनाएको छ ।

दुई बस्तीमा खानेपानीको हाहाकार
मंगला गाउँपालिका–५ अर्मनमा बाढीले पाइप बगाउदा दुईवटा बस्तीमा खानेपानीको हाहाकार मच्चिएको छ । सिरकुम–टिकावाङ सडक विस्तारको क्रममा निस्किएको माटोलाई सिधैँ खहरे खोलामा फाल्दा दिही–पुनगैरा खानेपानीको पाइप बगाएपछि करीब ३५ घरधुरीमा खानोपनीको समस्या भएको हो ।

सडक विस्तारको क्रममा मनपरी फालिएको माटोले पाइप बगाएपछि चार दिनदेखि खानेपानी आपूर्ति बन्द भएको स्थानीय ताराबहादुर क्षेत्रीले बताउनुभयो ।

खानेपानीको पाइप बगाएपछि स्थानीयवासीले सफा पानीका लागि नयाँ मुहानको खोजी गर्नुपरेको स्थानीयवासी बलबहादुर विकले बताएका छन् । उनका अनुसार पटक÷पटक मर्मत गरिए पनि माथिल्लो क्षेत्रबाट आएको बाढीले पाइपमा क्षति पुगेको छ । हिउँदमासमेत मुहान सुक्दा समस्या हुने गरेको बताउँदै बर्खामा पाइप बगाएपछि स्थानीयवासीले दीर्घकालीन योजनाको माग गरेका छन् । रासस