काठमाडौं – छोराको हत्यारालाई कारबाहीको माग गर्दै अनशनरत गंगामायाको अनशन शुक्रबारबाट तोडिएको छ । उनी वीर अस्पतालमा अनशन बबसेकी थिइन् ।


ADVERTISEMENT


राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले जुस खुवाएर अनशन तोडाएका हुन् । त्यसअघि कानुनमन्त्री शेरबहादुर तामाङद्वारा हस्ताक्षरित २ बुँदे पत्र पनि गंगामायालाई दिइएको थियो ।


ADVERTISEMENT

# # #


पत्रमा २०७२ असोजमा जनाइएको ५ बुँदे प्रतिबद्धता कार्यान्वयन गर्ने उल्लेख छ ।

गंगामायाको अनशनलाई नजिकबाट हेर्दै आएका र उनको जीवनरक्षाका लागि आवाज उठाउदै आएका नेपाल मानव अधिकार संगठनका अध्यक्ष इन्द्रप्रसाद अर्यालले गंगामाया अनशन तोडे पनि अस्पतालमै रहेको र गंगामायाको बसोबासको लागि सरकारले व्यवस्था गरिदिनुपर्ने बताए ।

‘उहाँ अस्पतालमै हुनुहुन्छ, कहाँ जाने भन्ने टुंगो छैन, सरकारले ध्यान दिनुपर्छ’, अर्यालले भने । – आजको नेपाल समाचारपत्रबाट