काठमाडौं–कतारका राजदूत युसुफ बिन मोहम्मदले सन् २०२२ को विश्वकप फुटबलको सुरक्षाका लागि नेपाली प्रयोग गर्ने इच्छा व्यक्त गरेका छन् । गृहमन्त्री रामबहादुर थापा बादलसँगको भेटमा राजदूत मोहम्मदले विश्वकपका लागि सुरक्षागार्डमा रुपमा ठूलो संख्यामा नेपालीहरुलाई लैजान कतार ईच्छुक रहेको बताएका हुन् ।


ADVERTISEMENT


राजदूत मोहम्मदले सुरक्षागार्डका लागि आवश्यक परे छुट्टै सम्झौता गर्न समेत तयार रहेको बताएका छन् । रोजगारीका लागि हाल कतारमा पाँच लाख बढी नेपाली छन् ।


ADVERTISEMENT

# # #


सिंहदरबारमा भएको भेटमा गृहमन्त्री थापाले भने नेपालीहरुको सेवा सुविधा र सुरक्षाका विषयमा कुराकानी गरेका थिए । थापाले सुरक्षा र अन्य क्षेत्रमा कतारसँग सहकार्य गर्न नेपाल तयार रहेको बताएका थिए ।

राजदूत मोहम्मदले नेपाल र कतार कुटनीतिक सम्बन्ध स्थापनाको ४० वर्ष पुगेकोले कतार भ्रमणका लागि आग्रह गरेका थिए ।