एजेन्सी– इंग्ल्याण्डले भारतसँगको एक दिवसीय क्रिकेट शृङ्खला जितेको छ। पहिलो खेल गुमाएको घरेलु टोलीले त्यसपछिका दुई खेलमा लगातार जित निकाल्दै तीन खेलको शृङ्खलामा २–१ को जित निकालेको हो ।


ADVERTISEMENT


लिड्सको हेडिङ्गली मैदानमा मंगलबार राति भएको तेस्रो एक दिवसीयमा इंग्ल्याण्डले भारतलाई ८ विकेटले हराउँदै शृंखला आफ्नो बनाएको हो । भारतले प्रस्तुत गरेको २५७ रनको लक्ष्य इंग्ल्याण्डले ४४ ओभर तीन बलमा दुई विकेट गुमाएर पुरा गर्‍यो ।


ADVERTISEMENT

# # #


उसका लागि जोए रूटले नटआउट शतकीय पारी खेले, उनले १२० बलमा १० चौकाको सहयोगमा १०० रन बनाए । यस्तै कप्तान इयान मोर्गनले १०८ बलमा ९ चौका र एक छक्काको सहयोगमा नटआउट ८८ रन बनाए । जेम्स विन्स २७ तथा जोनी बाइर्स्टोव ३० रन बनाएर आउट भएका थिए ।

भारतका लागि शार्दुल ठाकुरले १ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २५६ रन बनाएको थियो । उसका लागि कप्तान विराट कोहलीले ७१ रनको सर्वाधिक पारी खेले । ७२ बल खेलेका उनले ८ चौका प्रहार गरेका थिए । यस्तै महेन्द्रसिंह धोनीले ४२ तथा शिखर धवनले ४४ रन बनाएका थिए ।

इंग्ल्याण्डका डेविड विली र अदिल रशिदले समान तीनरतीन विकेट लिए । यो हारसँगै भारतको सिरिज जितको यात्रामा ब्रेक लागेको छ । कीर्तिमानी यात्रामा अगाडि बढेको भारले अहिलेसम्म लगातार ९ वटा बाइल्याट्रल सिरिज जितेको थियो ।

आयरल्याण्ड र इङ्ल्याण्ड भ्रमणमा रहेको भारतलेले पहिलो वान डे खेल ८ विकेटले जितेको थियो भने दोस्रोमा ८६ रनले पराजित भएको थियो । अब भारतलेले इङ्ल्याण्डसँग ५ म्याचको टेष्ट सिरिज खेल्नेछ ।