बागलुङ– धौलागिरि अञ्चल अस्पताल, बागलुङलाई मंगलबार १६ लाख मूल्य बराबरका स्वास्थ्य सामग्री तथा उपकरण प्रदान गरिएको छ ।


ADVERTISEMENT


इटालीको गैरसरकारी संस्था (एएनटी) को आर्थिक सहयोग, नेपालस्थित ‘डे वान हेल्थ’ र (एमटिटीएस)को सहकार्यमा लायन्स क्लब अफ बागलुङले ती सामग्री प्रदान गरेको हो ।


ADVERTISEMENT

# # #


प्रसूति सेवालगायत विभिन्न उपचारमा प्रयोग हुने १८ प्रकारका सामग्री प्रदान गरिएको क्लबका अध्यक्ष प्रकाश चालिसेले जानकारी दिए ।

बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले स्वास्थ्य सामग्री अस्पतालका प्रमुख चिकित्सक सागर राजभण्डारीलाई हस्तान्तरण गरे । रासस