काठमाडौं– अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन नेपाली सेनाको हेलिकोप्टर जुम्ला पुगेको छ ।


ADVERTISEMENT


कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले डा. केसीको उपचारमा सीसीयू अनिवार्य भएको खबर पठाएपछि सरकारले शिक्षासचिव र डाक्टरहरुको टोलीसहित नेपाली सेनाको हेलिकोप्टर पठाएको हो । टोलीमा कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाही र गृहमन्त्री नरेश भण्डारी पनि छन् ।


ADVERTISEMENT

# # #


डा. केसीको जीवन रक्षा सरकारको दायित्व भएकाले काठमाडौं ल्याउन हेलिकोप्टर पठाएको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बताए । यसका लागि वातावरण बनाउन प्रदेश सरकारलाई आग्रह गरेको भन्दै उनले भने, ‘उहाँहरुलाई भनेका छौं कि यता उठाउनुस्, नभए जिम्मा लिनुस् ।’

मन्त्री पारेखलका अनुसार डा। केसीलाई काठमाडौं ल्याएर शिक्षण अस्पतालमा उपचार गराउने तयारी गरिएको छ ।

तर, डा. केसीले काठमाडौं आउन मानेका छैनन् । माग पुरा नभएसम्म जुम्लामै अनसन बस्ने अडान लिएका उनले सरकारले आफ्नो अपहरण गर्न खोजेको आरोप लगाए ।

उनका समर्थकहरुले पनि अवरोध खडा गरेका छन् । चिकित्सक र सर्वसाधारण सरकारले मानव साङ्लो बनाएको केसीनिकट चिकित्सक विषद् दाहालले जानकारी दिए ।

शिक्षामन्त्री पोखरेलले भने डाक्टर आफैंले डाक्टरहरुको सेवा नै लिन्न, काठमाडौं आउँदिन भन्नु अनौठो भएको भन्दै डा. केसीलाई केही भए उनी स्वयंम र कर्णाली लैजानेहरुले जिम्मा दिनु पर्ने बताएका छन् ।