काठमाडौं – प्रभु बैंक लिमिटेड र स्कुल अफ ब्युटिसियन आईटीसी स्किल डेभलपमेन्ट ट्रेनिङ सेन्टर तथा रुष्का ब्युटी स्टुडियोबीच विशेष छुटसम्बन्धी सम्झौता भएको छ।
सम्झौताअनुसार बैंकका ग्राहक तथा कर्मचारीले काठमाडौंको कमलादीस्थित रुष्का ब्युटी स्टुडियोबाट विभिन्न सौन्दर्यसम्बन्धी सेवा लिँदा विशेष छुट पाउने भएका छन्।
सम्झौतामा रुष्का ब्युटी स्टुडियोका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रुष्का वैद्य श्रेष्ठ तथा बैंकका तर्फबाट प्रमुख प्रदेश अधिकृत (सीपीओ), बागमती प्रदेश–३, प्रचिता श्रेष्ठले हस्ताक्षर गरेका छन्। सम्झौता हस्ताक्षर कार्यक्रममा प्रभु बैंक कमलादी शाखाका अधिकृत राधा गुरुङ तथा रुष्का ब्युटी स्टुडियोका प्रबन्ध निर्देशक रवि भक्त श्रेष्ठलगायतको उपस्थिति थियो।
सम्झौताअनुसार बैंकका ग्राहकले ५ प्रतिशतदेखि २० प्रतिशतसम्म तथा बैंकका कर्मचारीले ५ प्रतिशतदेखि ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। रुष्का ब्युटी स्टुडियोमा हेयर कटिङ, थ्रेडिङ, हेयर केमिकल, फेसियल तथा स्किन ट्रिटमेन्ट, नेल/म्यानिक्योर/पेडिक्योर, वाक्सिङ, मेकअप तथा मेकअप प्याकेज, कस्मेटिक र स्किन केयर उत्पादनलगायतका सेवा उपलब्ध छन्।
छुट सुविधा लिन बैंकका ग्राहकले मान्य डेबिट कार्ड, क्रेडिट कार्ड वा विद्युतीय भुक्तानी प्रणालीमध्ये कुनै एकमार्फत भुक्तानी गर्नुपर्नेछ। बैंकका कर्मचारीले भने प्रभु बैंकको कर्मचारी परिचयपत्रसमेत प्रस्तुत गर्नुपर्नेछ।
सम्झौताले प्रभु बैंकका ग्राहक तथा कर्मचारीलाई सौन्दर्यसम्बन्धी सेवामा सहज र सहुलियतपूर्ण पहुँच उपलब्ध गराउने बैंकले जनाएको छ।
















