काठमाडौं – विवेकशील साझा पार्टीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आलोचना गरेको छ । उसले डा केसीको मुद्दामा जोडिएर पानीमाथिको आभानो बनेको आरोप लगाएको हो ।


ADVERTISEMENT


डा केसीको यो अवस्था आउनुमा सरकारसंगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भूमिका पनि उत्तिकै रहेको विवेकशील साझाले बताएको छ । पार्टीका प्रवक्त सुर्यराज आचार्यद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘डा केसीका १५ मध्ये ७ वटा अनसन नेपाली काँग्रेस नेतृत्वकै सरकारको पालामा भएका थिए र सबैभन्दा लामो २३ दिनको अनसन पनि नेपाली काँग्रेसकै शेरवहादुर देउवाको प्रधानमन्त्रीत्वकालमा भएको थियो। अहिले नेपाली काँग्रेस पानीमाथिको ओभानो बन्न खोज्नुको कुनै अर्थ छैन ।’


ADVERTISEMENT

# # #


विवेकशील साझासँगै कांग्रेसले डा. गोविन्द केसीको माग पूरा गर्न माग गर्दै सरकारलाई दबाव दिँदै आएका छन् । प्रमुख प्रतिपक्षी दल कांग्रेसले डा. केसीको मागलाई मुख्य मुुद्दा बनाएर सदनसँगै सडकमा आन्दोलन नै थालेको छ । विवेकशील साझाले नेकपा र कांग्रेसलाई शिक्षा र स्वास्थ्य राज्यको दायित्व हो भन्ने स्वीकार गर्न चुनौती दिएको छ ।

‘त्यसतर्फको प्रारम्भिक कदमका रूपमा डा केसीले विपन्न नेपालीले पनि चिकित्सा शिक्षा र सेवामा पहुँच पाउनुपर्छ भनी राखेको माग पूरा गर्न आहृवान गर्दछ’ उसले भनेको छ ।