काठमाडौं–हेटौंडा उपमहानगरपालिकाको एक विद्यालयमा अधिकांश बालबालिका भोकभोकै पढ्न जाने गरेका छन् ।


ADVERTISEMENT


बिहान सबेरै अधिकांशका बाबुआमा बालुवा चाल्न चुरेको बगरमा जाने गर्छन् ।


ADVERTISEMENT

# # #


घरमा खाना पकाएर खुवाउने अभिभावक नभएपछि स—सना बालबालिका भोभोकै स्कुल आउने गरेका हुन् ।

हेटौंडा उपमहानगरपालिका १४ उत्तरपानीस्थित भृकुटी माध्यमिक विद्यालयका शिशु कक्षादेखि ५ सम्मका अधिकांश विद्यार्थी भोकभोकै आउने गरेका छन् । – आजको कान्तिपुरबाट