काठमाडौं— सरकारले सगरमाथाको उचाइ मापन गर्दै छ । शेर्पा आरोहीमार्फत जिपिएस (ग्लोबल पोजिसनिङ सिस्टम) उपकरण सगरमाथाको शिखरमै पुर्याएर उचाइ मापन गर्ने भएको हो ।


ADVERTISEMENT


मौसमको अनुकूलताका आधारमा ०७६ वैशाखदेखि असोजसम्म उपकरणसहित शेर्पा टोलीलाई सगरमाथाको शिखरमा पु¥याउने सरकारी कार्ययोजना छ ।


ADVERTISEMENT

# # #


नापी विभागको तालुक अड्डा कृषि, भूमिसुधार तथा व्यवस्था मन्त्रालयले प्रधानमन्त्री कार्यालयलाई असार अन्तिममा पेस गरेको कार्ययोजना अनुसार असोजसम्म सगरमाथा मापन सम्पन्न हुनेछ ।

‘असोजसम्म शेर्पा टोलीमार्फत जिपिएस सिस्टम सगरमाथाको शिखरमा पुर्याउने लक्ष्य छ,’ नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले भने, ‘प्राविधिक टोली सगरमाथा आरोहण गर्ने अवस्थामा हुँदैन, शेर्पाहरूलाई जिपिएस उपकरण पठाएर उचाइ मापन गर्छौँ । त्यतिन्जेल थुप्रै तयारी गर्नुपर्नेछ ।’

असारसम्म सिरहाको मदारस्थित नेपाल–भारत सिमानाबाट सोलु सदरमुकाम सल्लेरीसम्म १७० किमि सीमामा जिपिएस प्रणालीबाट सडक लेभलिङ सर्भे भएको भट्टले बताए । – आजको नयाँ पत्रिकाबाट