एजेन्सी– सर्पले मान्छेलाई टोकेको त हामीले धेरै समाचारहरु सुनेका छैँ तर मान्छेले सर्पलाई टोक्यो भन्यो भनेर चाहीँ कही कतै मात्रै सुन्ने गरेका छैँ । सर्पले मान्छेलाई टोक्नु त स्वभाविक नै हो तर मान्छेले सर्पलाई टोक्नु चाहि रोचक विषय हो ।


ADVERTISEMENT


छिमेकी देश भारतको बिहारस्थित गोपालगञ्जमा एक महिलाले सर्पलाई टोकेकी छिन् । सर्पले उनलाई टोकेपछि उनले पनि सर्पलाई टोकेकी हुन् । घटना सयापुर गाउँमा विषालु सर्पले टोकेका कारण ५० वर्षीया रजन्ती देवीको मृत्यु भएको छ । ति महिलालाई टोक्ने सर्पको पनि मृत्यु भएको छ । जब आफूलाई सर्प टोक्यो त्यसपछि उनले पनि सर्पलाई टोकेर मारेकी हुन् ।


ADVERTISEMENT

# # #


उपचारको क्रममा सदर अस्पतालमा मृत्यु हुनु पूर्व उनले गाउँलेको आग्रहमा सर्पलाई पनि टोकी टोकी मारेको अ्रन्तराष्ट्रिय समाचार माध्यमले जनाएको छ ।

नरेश चौबेका अनुुसार सर्पले टोकेपछि सर्पलाई पनि टोके त्यसको विषले कम असर पुर्याउने गाउँलेले बताएका थिए । चौबेले भने गाउँलेले उक्त सर्पलाई समाते र ती महिलालाई टोक्न लगाए । सर्पको तत्काल मृत्यु भयो । ‘उनको अवस्था नाजुक भएपछि हामीले उनलाई अस्पताल पुर्यायौं,। ‘डा. आर के सिंहले अस्पताल ल्याइपुर्याउँदा सम्म विष शरिरभरी फैलिसकेको बताए जसका कारण हामीले उनलाई बचाउन सकेनौं ।’