वीरगञ्ज– केही समयअघि पर्साको सुहपुरस्थित गंगोली भन्ने ठाँउको भलुवाई खोलामा भेटिएको युवतीको शव हत्या गरेर फालिएको खुलेको छ । प्रहरी अनुसन्धान अनुसार ती युवती भारतीय भएको तर जगरनाथपुरमा नाता काका पर्ने हिरामन भन्ने नरसिंह चौधरीको घरमा बस्दै आएको र उनको नाम वनिताकुमारी चौधरी र उमेर १८ बर्षको भएको खुलेको छ ।


ADVERTISEMENT


उनलाई आफ्नै प्रेमीले हत्या गरेको खुलेको छ । चौधरीको शव ३१ असारमा पर्साको भलुवाई खोलामा भेटिएको थियो । उनको पहिचान भने कपडा, औठीलगायतका आधारमा आफन्तले हिचान गरेका थिए । उनको हत्याको आरोपमा जगरनाथपुर गाउँपालिका ४ सुहपुरका १९ वर्षीय प्रमेन्द्र चौधरीलाई भने प्रहरीले पक्राउ परेका छ । हत्याको आरोपमा पक्राउ परेका प्रमेन्द्रलाई जिल्ला प्रहरी कार्यालय पर्साले आइतबार सार्वजनिक गरेको छ ।


ADVERTISEMENT

# # #


कसरी भएको थियो हत्या ?
पर्सा प्रहरीको अनुसन्धान अनुसार १९ प्रमेन्द्र चौधरी र १८ बर्षिया बनिता ३ वर्षदेखि प्रेम सम्बन्धमा रहेको को थिए । साथै उनीहरु नियमित टेलिफोन सम्पर्क हुनुका साथै भेटघाट हुँदै आएको थियो । उनीहरुको असार २८ गते भलुवाई खोलाको छेउ खरबारीमा भेट्ने योजना थियो ।

सहमतिअनुसार मध्यान्ह १२ बजेतिर खरबारीमा भेटे । त्यसक्रममा उनीहरुले सहमतिमै शारीरिक सम्बन्ध बनाए । तर, प्रमेन्द्रले पुन यौन सम्बन्ध राख्न खोज्दा बनिताले इन्कार गर्दै घर जान खोजेको प्रहरी अनुसन्धानबाट देखिएको छ ।

प्रमेन्द्रले आवेशमा आएर वनितालाई उनकै सलको पासो लगाएर हत्या गरेको प्रहरीको दाबी छ । हत्यापछि वनिताको शवलाई घिसारेर खोलाको किनारमा रहेको खाडलमा हालेर भागेका थिए । सुहपुरस्थिर घरबाटै पक्राउ परेका उनले अभियोग स्वीकार गरेका छन् ।