एजेन्सी– विश्वकप फुटबल २०१८ मा उत्कृष्ट प्रदर्शन गरेर चर्चामा आएका क्रोएसियाका मिडफिल्डर कप्तान लुका मोड्रिचलाई क्रिस्टियानो रोनाल्डोको चर्चित ७ नम्बर जर्सी दिन दबाव परेको छ ।


ADVERTISEMENT


मोड्रिचका समर्थकहरूले रियल म्याड्रिड छोडेर गएका रोनाल्डोको उक्त जर्सी मोड्रिचलार्इ दिन क्लबको व्यवस्थापकलाई चर्को दबाव दिइरहेका समाचार एजेन्सीहरूले जनाएका छन् ।


ADVERTISEMENT

# # #


पोर्चुगलका स्टार स्ट्राइकर रोनाल्डो दुई साताअघि मात्रै म्याड्रिड छोडेर इटालियन क्लब युभेन्ट्सतिर लागेका थिए । उनलार्इ युभेन्ट्सले १० करोड युरोमा किनेको हो ।

रोनाल्डो क्लबबाट बाहिरिएपछि रिक्त रहेको उनको ७ नम्बर जर्सी मोड्रिचलाई उपलब्ध गराउन क्लबका समर्थकहरूले दबाव दिएका हुन् । मोड्रिचको उत्कृष्ट प्रदर्शनमा क्रोएसिया दुई साताअघि रुसमा सम्पन्न विश्वकपको फाइनलमा पुगेको थियो । मोड्रिच विश्वकपको उत्कृष्ट खेलाडी पनि घोषित भएका थिए ।

रोनाल्डोका धेरै फ्यान उनको बर्हिगमनसँगै युभेन्ट्स क्लबतर्फ मोडिएका छन् । तर, म्याड्रिडलाई माया गर्ने ‘फ्यान’हरू पनि रोनाल्डोको अनुपस्थितिमा मोड्रिचतर्फ मोडिएका छ्न् । तिने शुभचिन्तकहरूले रोनाल्डोको जर्सी मोड्रिचलार्इ दिन दबाव दिएका हुन् ।

विश्वकपमा उत्कृष्ट खेलाडी बनेपछि मोड्रिचको जर्सीको माग बढेको बताइन्छ । म्याड्रिडका थुप्रै फ्यानहरूले मोड्रिचको जर्सी लाउन थालेका छन् भने उनीतर्फ थप आशा पनि राखेका छन् । मोड्रिच सन् २०१२ देखि म्याड्रिडमा आबद्ध छन् ।