आफ्नो भनाईलाई बढाई–चढाई गरी बयान गरिएको दुर्गा प्रसाँईको दावी


ADVERTISEMENT


भक्तपुर– बी एण सी टिचिङ अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाँईले बंगलादेशमा चिकित्सक अध्ययनमा गएका नेपाली चेलीको बिषयमा दिएको अभिव्यक्तिको मूल मर्म तोडमोड गरी सामाजिक सञ्जालमा भाईरल बनाइएको बताएका छन् ।


ADVERTISEMENT

# # #


भक्तपुरमा सोमबार आयोजित साक्षात्कार कार्यक्रममा प्रसाँईले तेह्र चौध महिना अघि एक कार्यक्रममा बंगलादेशमा अध्ययन गर्न जाने नेपाली चेलीहरुको अवस्था र उनीहरुको शोषणका बिषयमा दिएको अभिव्यक्तिलाई हाल आएर उक्त अभिव्यक्तिको मर्म तोडमोड गरि सामाजिक सञ्जालमा भाइरल बनाइएको बताएका छन् ।

उनले आफूले भन्न खोजेको बिषलाई तोडमोड गरेर बिबादमा तान्न खोजिएको बताउँदै उक्त भनाईको आशय सामाजिक सञ्जालमा आएको जस्तो नभएको दावी गरेका छन् । उनले आफ्नो भनाई बंगालादेशमा अध्ययन गर्न जाने चेलीहरुलाई नेपालमै अध्ययनको वातावरण श्रृजना गर्न सके राम्रो हुने र त्यहाँ उनीहरुले बिभिन्न खालको शोषणको सामना गर्नु पर्ने अवस्थाको अन्त्य हुने धारणा राखेको बताएका छन् ।

उनले बंगलादेशमा अध्ययन गर्न गएका चेलीका बिषयमा लिएर आफ्नो अभिव्यक्तिको मर्म सामाजिक सञ्जालमा आएको जस्तो नरहेको बताउँदै यसले पर्न गएको असर प्रति माफी मागेका छन् ।

चिकित्सा बिधेयकका बारे उनले संविधान र कानुन बमोजिम सरकारले निर्णय गर्ने बिषय भएकाले आफुले यो बिषयमा बोल्न उपयुक्त नहुने बताएका छन् । गोबिन्द केसीको अन्दोलनका बारे आफूले बोल्नु पर्ने बिषय नभएको र सरकारले नै उनको माग सम्बोधन गर्ने वा के गर्ने भन्ने बिषय रहेको उनले प्रष्ट समेत पारेका छन् ।