काठमाडौँ– झापास्थित बी एन्ड सी मेडिकल अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले बंगलादेशमा चिकित्सक अध्ययनमा गएका नेपाली चेलीको विषयमा दिएको अभिव्यक्तिको मूल मर्म तोडमोड गरी सामाजिक सञ्जालमा भाईरल बनाइएको बताएका छन् ।


ADVERTISEMENT


आइतबार एक प्रेस विज्ञप्ती जारी गर्दै प्रसाईले डेढ वर्षअघि बोलेको कुरालाई तोडमोड गरेर केही मिडिया र सामाजिक सञ्जालहरुमा आफ्नो र आफ्नो परिवारको चरित्र हत्या गर्ने काम भइरहेको बताएका छन् । स्वदेशमै स्वास्थ्य शिक्षाको अपर्याप्तताका कारणले विदेशिन बाध्य नेपालीहरुको दुःख र सास्तीको विषय उजागर गरेर त्यसको समाधान गर्नुपर्छ भनेर बोलेको विषयलाई अतिरञ्जित बनाइएको उनको भनाई छ ।


ADVERTISEMENT

# # #


‘केहि दिन यता डेढ बर्ष अघि भनिएको पुरै अभिव्यक्तिलाई नै नराखि काँटछाट र तोडमोड गरेर बेमौसमि बाजा बजाउँदै अतिरञ्जित र बिषयको संवेदनशीलतालाई दूरुपयोग गर्ने काम भईरहेको छ ।’ उनले विज्ञप्तीमा भनेका छन्, ‘यो बीचमा म र मेरो परिवारको चरित्र हत्या गर्ने तथा देशको नियम र कानुन बमोजिम तोकिएको मापदण्डमा रहेर व्यापार व्यावसाय गर्नुलाई कुनै दण्डनीय अपराध गरे झैं मेरो मान मर्दन हुने गरि नाना प्रकारका आरोपहरु संगठित रुपमा कुप्रचार भईरहेका छन् ।’

मेची अञ्चलका २९ लाख आम जनतालाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा गुणस्तरीय शिक्षा स्वास्थ्य र रोजगारी सिर्जना गरेको बताउँदै उनले निश्चित घटनाका विषयमा बोलेका विषयलाई समग्रतामा बुझिदिनु र व्यक्तिगत रुपमा नलिइदिन आग्रह गरेका छन् ।

यस्तै उनले बाहिर अतिरञ्जित गरिएको विषयले कसैको व्यक्तिगत, सामाजिक इज्जत र प्रतिष्ठामा ठेस पुगेको महसुस भएमा क्षमाप्राथी रहेको बताएका छन्  ।