नवलपरासी– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गण्डकी प्रदेशको आर्थिक समृद्धिका लागि चौतर्फी विकास आवश्यक भएको बताएका छन् ।


ADVERTISEMENT


मंगलबार पूर्वी नवलपरासीको कावासोतीमा संयुक्त एम्बुलेन्स चालक संघ जिल्ला शाखा नवलपरासीको दोस्रो अधिवेशनको उद्घाटनपछि उनले गण्डकी प्रदेश आर्थिक समृद्धिको बाटोमा अघि बढेको बताएका छन् ।


ADVERTISEMENT

# # #


मुख्यमन्त्री गुरुङले राजनीतिक आन्दोलन समाप्त भइसकेकाले अब आर्थिक समृद्धिमार्फत मुलुक समुन्नतीको बाटोमा अघि बढेको उल्लेख गरेका छन् । उनले गरिबी अन्त्य गर्दै मुलुकलाई शान्त, समुन्नत र सम्बद्ध बनाउनतर्फ प्रदेश सरकार लागिरहेको बताएका छन् ।

मन्त्री गुरुङले अन्य प्रदेशको तुलनामा गण्डकी प्रदेशमा, सांस्कृतिक, पर्यटकीय एंव धार्मिकस्थल रहेको स्मरण गर्दै अतिथी सम्मानमा आफ्नो प्रदेश सबैभन्दा अगाडि रहेको दाबी गरेका छन् ।

देशमै सबैभन्दा पहिला होमस्टेको शुरुवात गण्डकी प्रदेशकै लमजुङको घलेगाँउबाट शुरु भएको भन्दै मुख्यमन्त्री गुरुङले अहिले गण्डकी प्रदेशका अन्य जिल्लामा पनि होमस्टे शुरुवात गरेपछि पर्यटकको आकर्षण बढेको दाबी गरेका छन् । उनले नवलपुरको कावासोतीमा रहेको अमलटारी होमस्टेको पूर्वाधार विकासका लागि प्रदेश सरकारले सहयोग गर्ने वचनसमेत दिएका छन् । रासस