बैतडी– गए रातिदेखि अवरुद्ध भएको महाकाली राजमार्ग पुनः सञ्चालनमा आएको छ । महाकाली राजमार्गको सतबाँझ–गोकुलेश्वर सडकखण्डको डिलासैनी–६ को बांगाबगर भन्ने ठाउँमा पहिरो खसेर अवरुद्ध भएको सडक आज मध्याह्नपछि पुनः सञ्चालनमा आएको हो ।


ADVERTISEMENT


सडक डिभिजन कार्यालय पाटनको डोजरले पहिरो पन्छाएपछि राजमार्ग पुनः सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


गए राति परेको पानीका कारण महाकाली राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको थियो । राजमार्ग पुनः सञ्चालनमा आएपछि रोकिएका सवारी साधन र यात्रुहरु आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् ।

२०६० साल असारमा आएको उक्त पहिरोको व्यवस्थापन तथा सडक मर्मत अहिलेसम्म पनि राम्रोसँग हुन नसक्दा बर्सातको समयमा प्रत्येक वर्ष उक्त ठाउँमा बेलाबेलामा सडक अवरुद्ध हुने गरेको छ । उक्त पहिरोले त्यो बेला बांगाबगर–६ घर पूर्ण रुपमा नष्ट गरेको थियो भने १५० रोपनी जमीन बगरमा परिणत भएको थियो । सोही बेलादेखि प्रत्येक वर्ष आउने पहिरोले हाल पनि बांगाबगरवासीलाई चिन्तित बनाएको स्थानीयवासी सुरेश श्रेष्ठले जानकारी दिए ।