काठमाडौं – श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले प्रतिपक्ष र जनताले उठाएका माग तथा प्रश्नहरूका उत्तर सरकारबाट आउन नसकेको भन्दै आपत्ति जनाए ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसद राईले संसदको चालू अधिवेशन अन्त्य हुन लाग्दा पनि प्रतिपक्ष र जनताले उठाएका माग तथा प्रश्नहरूका उत्तर प्रधानमन्त्रीबाट आउन नसेकेको भन्दै आपत्ति जनाए । उनले सरकारले प्रतिपक्षलाई समेटेर, सम्हालेर र सही ढङ्गले अगाडि बढाउन सकोस् भन्ने शुभकामना व्यक्त गरे । ५ वर्षसम्म सरकार टिकाउन र आफ्नै कारणले सरकार नढाल्न समेत उहाले सत्तापक्षलाई सुझाव दिए ।
उनले विगतका जनआन्दोलनका घटनाहरू र राजनीतिक दलहरूका गतिविधिप्रति जनताको आक्रोशलाई ध्यानमा राख्दै भ्रष्टाचार रोक्न र सत्ता जोगाएर अघि बढ्न सरकारलाई सजग गराए । जनप्रतिनिधिहरूका आवाज र जनताका आशाहरूलाई उपेक्षा नगर्न र आगामी अधिवेशनमा यस्ता विरोधका वातावरण बन्न नदिन उहाले सभामुखको ध्यानाकर्षण गराइएको छ ।
















