काठमाडौँ– काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको यात्रुबहाक बस चितवनको इच्छाकामना गाउँपालिका चुम्लिङटारस्थित सडकबाट त्रिशूली नदीमा खसेको छ । दुर्घटनामा परी सात जनाको मृत्यु भएको प्रारम्भिक जानकारी आएको छ ।


ADVERTISEMENT


ना ६ ख २५०६ नम्वरको यात्रुबहाक बस शुक्रबार दिउँसो ना ५ प ७४०९ नम्वरको ट्रकसँग ठक्कर खाएपछि त्रिशूली नदीमा खसेको प्रहरीले जनाएको छ।


ADVERTISEMENT

# # #


बसमा कति जना यात्रु छन् भन्नेबारे एकीन नभएको प्रहरीले जनाएको छ। चितवनस्थित स्थानीय प्रशासनका अनुसार घटनास्थलमा प्रहरी परिचालन गरिएको छ।

बसमा रहेका २५ जना घाइते भएको प्रारम्भिक सूचना प्राप्त भएको प्रहरी निरीक्षक बेदप्रसाद गौतमले बताए। दुर्घटना परेका २२ जनाको उद्दार भएको छ भने घाइतेको उपचारका लागि भरतपुर अस्पताल लैजाने तयारी भएको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ।