काठमाडौँ – मलेसियामा अगष्ट २९ बाट सुरु हुने एसीसी एसिया कप छनोट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ। क्वालिफायरमा एसियाका टेष्ट खेल्ने पाँच राष्ट्र बाहेकका टप ६ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।

एसीसीले यसअघि क्वालिफायर अगष्ट २७ देखि सेप्टेम्वर ७ सम्म हुने जनाएको थियो। तर खेल तालिकामा भने क्वालिफायर अगष्ट २९ देखि सेप्टेम्वर ६ सम्म हुने उल्लेख छ।


ADVERTISEMENT


# #


सेप्टेम्वर ६ सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले युएईमा सेप्टेम्वर १५ देखि २८ सम्म हुने एसिया कप खेल्न पाउनेछ। क्वालिफायरको विजेता भारत र पाकिस्तान रहेको समूहमा रहनेछ।

क्वालिफायरमा नेपालले आफ्नो पहिलो खेल अगष्ट २९ मा ओमानसँग खेल्नेछ। ओडिआई मान्यता प्राप्त नेपाल र युएई बाहेक हङकङ, मलेसिया, सिंगापुर र ओमानले क्वालिफायर खेल्नेछन्। क्वालिफायरका खेलहरु मलेसियाको राजधानी क्वालालम्पुर स्थित किनरारा ओभल, बायुमास ओभल र युकेएम ओभलमा हुनेछ।

क्वालिफायरमा सहभागि ६ राष्ट्रले राउण्ड रोविन लिग खेलेपछि पहिलो र दोस्रो हुने टिमले फाइनल खेल्नेछ र त्यसको विजेता एसिया कप(२०१८ का लागि क्वालिफाई हुनेछ।

खेल तालिका हेर्नुस् ।

प्रतिकृया

प्रतिकृया