काठमाडौं– काटेश्वरमा हुने ट्राफिक जामको कारण यात्रुहरुको दैनिकी नै प्रभावित हुने गरेको छ । ट्राफिक प्रहरीहरु जाम व्यवस्थापन गर्न खटिए पनि सवारी साधनको चाप अत्यधिक हुँदा यात्रुहरुले सास्ती बेहर्नु परेको हो ।


ADVERTISEMENT


पेप्सीकोलाका हरि पराजुली दैनिक कोटेश्वरकै सडक हुँदै कार्यालय आवतजावत गर्छन् । तीनकुने–सूर्यविनायक सडक विस्तार भए पनि एम्बुलेन्ससमेत जाममा पर्ने भएकाले एक घण्टा समय नै छुट्याउने गरेको अनुभव सुनाउँछन् उनी ।


ADVERTISEMENT

# # #


ट्राफिक प्रहरी कार्यालय कोटेश्वरका अनुसार पैदल यात्रुहरू सडकबाटै हिँड्नुपर्दा झन् जाम हुने गरेको छ । कोटेश्वर–कंलकी आठ लेनको सडक निर्माण गरेसँगै सवारी साधनको चाप पनि बढेको छ । कोटेश्वर हुँदै चक्रपथ र पूर्व जाने सवारीसाधन आवतजावत गर्ने गर्छ । त्यसैले कोटेश्वरमा पनि अण्डरपास निर्माणको बनाउनुपर्ने आवाज उठ्न थालेको छ ।

प्रतिनिनिधिसभा सांसद महेश बस्नेत बढ्दो सवारी चापलाई व्यवस्थापन गर्नका लागि जडिबुटीदेखि कोटेश्वरसम्मको सर्भिस ट्रया खोल्नुपर्ने बताउँछन् । उनले भने, ‘दीर्घकालीन समस्या समाधानका लागि एरपोर्टबाट अण्डरवास बनाउने प्रस्ताव अगाडि बढाइएको छ, तत्कालका लागि कोटेश्वरसम्म सर्भिस ट्रयाक खोल्नुको विकल्प छैन् ।’ – आजको नेपाल समाचारपत्रबाट