काठमाडौँ– आसन्न दोस्रो चरणको स्थानीय तह निर्वाचन असार ९ गतेका लागि सरेको छ । यसले उम्मेदवारी दर्ता लगायतका सबै प्रक्रिया हेरफेर हुनेछ ।


ADVERTISEMENT


सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ ३१ का लागि तय भएको दोस्रो चरणको निर्वाचन असार ९ गते सार्ने निर्णय गरेको हो । आइतबार साँझ बालुवाटारमा बसेको प्रमुख दलहरुका शीर्ष नेताहरुको बैठकमा राष्ट्रिय जनता पार्टीलाई सहभागी गराउन चुनावको मिति केही दिन सार्ने समझदारी भएको थियो ।


ADVERTISEMENT

# # #


लगतै प्रधानमन्त्री प्रचण्डले निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गरेर नयाँ मिति प्रस्ताव गरेका हुन् । प्रमुख दलहरुबीच राजपालाई निर्वाचनमा सहभागि गराउन मिति सार्ने समझदारी भएअनुसार १० दिनको लागि चुनाव सार्ने प्रस्ताव गरिएएको हो ।

आइतबार साँझ भएको राजपासहितको प्रमुख दलको बैठकमा चुनाव सार्ने विषयमा समझदारी भएको थियो ।