काठमाडौं– दोविल्ला–फलेवास सडकखण्डअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–९ कटुवाचौपारीमा भएको टयाक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


किराना सामान बोकेर पर्वतकै फलेवास नगरपालिका वडा नं २ थापाठानाका लागि गुडेको ग १ त २८२२ नंको ट्याक्टर गायत्री भन्ने स्थानमा आज दिउँसो दुर्घटना भएको हो ।


ADVERTISEMENT

# # #


दुर्घटनामा परी बागलुङको बागलुङ नगरपालिका–१३ बलेवाका १६ वर्षीय कमल नेपालीको मृत्यु भएको छ । मृतक नेपालीको शव परीक्षणका लागि जिल्ला अस्पताल पर्वतमा राखिएको छ ।

दुर्घटनामा परी घाइते भएका सोही ठेगानाका २१ वर्षीय विवेक नेपालीको जिल्ला अस्पताल पर्वतमा उपचार भइरहेको छ ।

ट्याक्टरका चालक बागलुङ नगरपालिका–१३ कै २९ वर्षीय डोलेन्द्र नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

‘ओभर लोड’ सहित तीव्र गतिमा रहेको ट्याक्टरको घुम्तीमा पुग्दासमेत गति नियन्त्रण नभएपछि सडककै नालीमा पल्टिएको थियो । रासस