काठमाडौँ, फागुन ४ । निजी क्षेत्रको दूर सञ्चार सेवा प्रदायक कम्पनी एनसेलले अब आफ्ना ग्राहकलाई निःशुल्क फेसबुक चलाउन पाउने सुविधा प्रदान गर्ने भएको छ । फेसबुकसँगको सहकार्यमा ल्याइएको यो सेवा आजदेखि ग्राहकले पाउने एनसेलले जानकारी दिएको छ ।
राजधानीमा आयोजित कार्यक्रममा एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्स र फेसबुकको एसिया प्यासेफिक क्षेत्रकी प्रमुख प्रतिनिधि तथा ग्रोथ पार्टनरशिपकी प्रमुख आन्नानाइ ग्रेनले ‘फेसबुक फ्री’ योजनाको संयुक्तरुपमा सार्वजनिक गरेका थिए ।


ADVERTISEMENT


एनसेलको नेटवर्क प्रयोग गरी इन्टरनेट प्रयोग गर्नेकुनै पनि मोबाइल फोनबाट फेसबुक चलाउँदा,फटो अपलोड गर्दा वा अरुको तस्वीरमा लाइक कमेन्ट गर्दा वा स्टाटस राख्दा कुनैपनि शुल्क नलाग्ने भएको छ ।
प्रिपेड तथा पोस्टपेड दुबै किसमका ग्राहकले पाउने यो सुविधामा अर्काको फोटो हेर्न भने शुल्क लाग्ने छ तर कसैको प्रोफाइल हेर्न भने पैशा लाग्ने छैन ।
नेपालमा इन्टरनेट प्रायोगकर्तामा फेसबुक सबैभन्दा लोकप्रिय रहेको र त्यसमा पनि धेरैले मोबाइलबाट इन्टरनेट चलाउने भएकोले सबैलाई एकआपसमा जोड्नको लागि ‘सबैका लागि इन्टरनेट’ विषय अन्तर्गत यो सुविधा ल्याइएको एनसेलले दाबी गरेको छ ।
एनसेलको यो अफर लागु भएपछि फेसबुक पेजमा ‘गो टु फ्रि’ बटन स्वतः देखिने छ । यो बटन क्लिकगर्ने बित्तिकै, एनसेलका ग्राहकहरुले फेसबुकको निःशुल्क संस्करणबाट फेसबुक ब्राउजगर्न सक्नेछन ।
फ्रि मोडमा हुँदा ‘गो टु पेड’ बटम देखिन्छ भने पेडमा हुँदा ‘गो टु फ्रि’ बटम देखिन्छ। त्यस्तै सोही पेजमा डाटा लिने बिकल्प पनि रहने छ । यो योजना आजबाट ९० दिनसम्मका लागि रहनेछ ।


ADVERTISEMENT

# # #