काठमाडौं– मोनाकोलाई हराउँदै पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रान्स सुपर कपको उपाधि जितेको छ ।


ADVERTISEMENT


शनिबार राति भएको खेलमा पीएसजीले मोनाकोलाई ४–० गोल अन्तरले हराएको हो ।


ADVERTISEMENT

# # #


चीनमा भएको खेलमा पीएसजीले ३३ औं मिनेटमा एन्जल डी मारियाको गोलबाट अग्रता लिएको थियो । ४० औं मिनेटमा क्रिस्टोफर एनकुन्कुले गोल गर्दै टोलीलाई पहिलो हाफमा २–० को अग्रता दिलाए ।

दोस्रो हाफमा पनि पीएसजी नै हावी भयो । ६७ औं मिनटेमा टिमिथी वाह् र इन्जुरी टाइममा डी मारियाले गोल गर्दै पीएसजीलाई ४–० को जित दिलाएका छन् ।

चीनको शेन्जेनमा झण्डै ४२ हजार दर्शकका माझ भएको खेलमा पीएसजीका स्टार खेलाडी नेइमार सब्सिच्युटका रुपमा ७५ औं मिनेटमा मैदान प्रवेश गरेका थिए ।