काठमाडौं – अपहरणमा परेका ११ वर्षीय बालकको हत्या भएको छ । सिन्धुपाल्चोक मेलम्चीका निशान खड्का आइतबार काठमाडौंको काँडाधारीबाट अपहरणमा परेका थिए ।


ADVERTISEMENT


अपहरणमा परेका खड्काको भक्तपुरमा निर्माणाधिन एक घरको जगमा शव फेला परेको थियो ।


ADVERTISEMENT

# # #


भक्तपुरको थिमीमा श्याम लवतको निर्माणाधिन घरको जगमा बालक खड्काको शव फेला परेको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए । अपहरणकारीले खड्काको परिवारसँग ३० लाख रूपैयाँ फिरौती माग गरेका थिए ।

अपहरणकारीले बोकेको मोवाइल र गोलीसमेत प्रहरीले इन्काउन्टरमा मृत्यु भएका दुईजनाको साथबाट बरामद गरेको जनाएको छ ।

सम्बन्धित समाचार : प्रहरीसंगको मुठभेडमा भक्तपुरमा दुई अपहरणकारीको मृत्यु