एजेन्सी– विश्व फुटबलको शक्ति राष्ट्रमध्येको एक अर्जेन्टिनाको यू–२० टोलीलाई फिफा बरियतामा धेरै तल रहेको भारतले हराएको छ ।


ADVERTISEMENT


स्पेनमा जारी कोटिफ कप अन्तर्गत आइतबार राति भएको खेलमा भारतीय टिमले ६ पटकको यू–२० विश्वविजेता अर्जेन्टिनालाई २–१ ले हराएको हो ।


ADVERTISEMENT

# # #


खेलको चार मिनेटमा भारतले पहिलो गोल गरेको थियो । दबाबमा रहेको अर्जेन्टिनाले पहिलो हाफमा गोल फर्काउन सकेन ।

दोस्रो हाफको ५४ औं मिनेटमा फरवार्ड जाधवले रातो कार्ड पाएपछि भारतीय टोली १० खेलाडीमा सीमित भएको थियो । तर पनि भारतले अर्जेन्टिनालाई दबाबमा राख्यो । ६८ औं मिनेटमा भारतका अनवर अलीले फ्री किकमार्फत् अर्को गोल थपे ।

त्यसको चार मिनेटपछि अर्जेन्टिनाले एक गोल त फर्कायो तर त्यसपछि पनि भारतीय टोलीले खेलाडीले नियन्त्रणमा राखे। र ऐतिहासिक जीत निकाल्न सफल भए ।

हेर्नुहोस भिडियोः

https://youtu.be/GcnRV_uuLcE