काठमाडौँ–  नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले सर्वसत्तावादतर्फ उन्मुख वर्तमान सरकारले एकपछि अर्को गर्दै दर्जनौँ जघन्य गल्ती गरिरहेको बताएका छन् ।


ADVERTISEMENT


नेपाल फरेस्ट्री कलेज, नेविसंघको आयोजनामा सुरु भएको फुटबल प्रतियोगिताको उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै उनले हत्या, बलात्कार, अपहरण जस्ता जघन्य अपराध भइरहँदा पनि सरकार मूकदर्शक बनेको बताए । उनले भने, ‘अहिले देशमा अराजकता र हत्या हिंसा, बलात्कारजस्ता घटना दिनप्रतिदिन बढ्दै गइरहेका छन् । तर सरकार मूकदर्शक बनेकाले कतै सरकार अपराधीसंगै मिलेको हो कि भन्ने आशंका पैदा भएको छ ।’


ADVERTISEMENT

# # #


उनले देशमा यस्तै अराजकता व्याप्त रहे नेविसंघले थप संघर्ष गर्नुपर्ने बाध्यता आउने बताए ।

उद्घाटन कार्यक्रममा नेविसंघका उपाध्यक्ष पवन कुमार यादव, सह–महामन्त्री अम्बिका चलाउने, प्रेम बहादुर शाही, अर्जुन बम लगायतको उपस्थिति रहेको थियो ।