गौशाला– भारतको झारखण्ड राज्यको देवघरमा अवस्थित बाबा वैद्यनाथ (बाबाधाम) को बोलबम यात्रामा गएका जीतेन्द्र मण्डलको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ ।


ADVERTISEMENT


भारतकै सुलतानगञ्जबाट जल बोकेर बाबाधाम जाँदै गरेको अवस्थामा भागलपुर जिल्लामा भएको दुर्घटनामा जीतेन्द्रको मृत्यु भएको उनका भाइ लक्ष्मी मण्डलले बताए । दुई दिनअघि दुर्घटनामा परी गम्भीर घाइते भएका जीतेन्द्रको हिजो बेलुका भारतकै सिलिगुडीमा उपचारको क्रममा मृत्यु भएको थियो ।


ADVERTISEMENT

# # #


उनी तत्कालीन नेकपा एमालेका नेता रामदयाल मण्डलका भतिजा तथा गत स्थानीय निर्वाचनमा जलेश्वर नगरपालिकामा नेकपा (एमाले)बाट प्रमुख पदका प्रत्यासी रहेका माधव मण्डलका छोरा छन् ।