काठमाडौँ– सोमबार बालक अपहर गरेर मारेको आरोपमा प्रहरी ‘इन्काउन्टर’ मा मारिएका गोपाल तामाङ र अजय तामाङका बुवाआमाले आफ्नो छोराको गैरन्यायिक हत्या भएको भन्दै मानवअधिकार आयोगमा उजुरी दिएका छन्।


ADVERTISEMENT


मृतक दुवै जनाका आमाबुवाले पुल्चोकस्थित मानवअधिकार आयोगको कार्यालय पुगी गल्ती भए कानूनअनुसार सजाय हुनुको साटो प्रहरीले उनीहरूलाई मारेकाले छानबिन गर्न माग गर्दै उजुरी दिएका हुन्।


ADVERTISEMENT

# # #


उजुरी दर्ता गर्न दुवै जनाका आमाबुवासहित १२ जना आफन्त आयोग पुगेका थिए।

आयोगले घटनाबारे अनुसन्धान गर्न विशेष टोली बनाएको छ।

‘उजुरी आयोगको प्रक्रियामा प्रवेश गरेको छ,’ आयोग सदस्य प्रकाश वस्तीले भने, ‘विशेष अनुसन्धान टोली बनेको छ। त्यसले अनुसन्धान गर्छ।’

यसअघि गत आइतबार काँडाघारीका ११ वर्षीय बालक निशान खड्काको अपहरण भएको थियो। प्रहरीले सोमबार उनको शव फेला पारेको र अपहरणकारीलाई इन्काउन्टर मारिएको बताएको थियो।