काठमाडौँ– मलेसियन प्रिमियर लिग एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गतको खेलमा सागर पुनले अर्को शतक प्रहार गरेका छन्।


ADVERTISEMENT


मलेसियामा जारी प्रतियोगिता अन्तर्गत शुक्रबार क्वालालाम्पुर र सेलाङ्गोरबीच भएको पहिलो सेमिफाइनलमा सागरले क्वालालाम्पुरका लागि शतकीय पारी खेलेका हुन्। उनले ११८ बल खेल्दै ९ चौकाको सहयोगमा १०० रन बनाएका छन्। उनको शतकीय योगदानले क्वालालाम्पुरले निर्धारित ५० ओभरमा ३०५ रनको योगफल तयार पारेको थियो।


ADVERTISEMENT

# # #


क्वालालम्पुरको टोलीबाटै खेलेका अर्का नेपाली विकेट किपर ब्याट्सम्यान आशिफ शेखले नटआउट २० रन बनाए। ११ बल खेलेका शेखले ३ चौकासहित २० रन बनाएका हुन्।

आजको खेलसँगै ९ खेलबाट सागरले २ सतक र १ अर्धसतकसहित ४४२ रन बनाएर सर्वाधिक रन बनाउने खेलाडीका रूपमा अगाडि छन्। यस्तै उनले प्रतियोगितामा ९ विकेट समेत लिएका छन् ।