काठमाडौं–म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा विजयी सुरुवात गरेको छ । शुक्रबार राति भएको नयाँ सिजनको उद्घाटन खेलमा युनाइटेडले लेष्टर सिटीलाई २–१ गोल अन्तरले हराउँदै विजयी सुरूवात गरेको हो ।


ADVERTISEMENT


घरेलु मैदानमा युनाइटेडलाई जिताउन कप्तान पाउल पोग्बा र लुक शले एक–एक गोल गरेका थिए । लेष्टरका जेमी भर्डीले एक गोल फर्काए ।


ADVERTISEMENT

# # #


खेलको दोस्रो मिनेटमै युनाइटेडले पेनाल्टीमा गोल गर्दै कप्तान पोग्वाले टिमलाई अग्रता दिलाएका थिए ।

एलेक्स सान्चेजको प्रहार सम्हाल्ने क्रममा लेस्टर सिटीका डानिएल अमार्टेयले फउल गरेपछि युनाइटेडले पेनाल्टी पाएको थियो ।

पहिलो हाफमा १–० को अग्रता लिएको युनाइटेडले खेलको सात मिनेट बाँकी हुँदा अग्रता दोब्बर पार्‍यो ।

८३ औँ मिनेटमा ल्युक शोवले गोल गर्दै टिमको अग्रता दोब्बर पारेका हुन् । आन माटाको एरियल पासलाई उनले गोलमा परिणत गरेका हुन् ।

जेमी भर्डीले भ्रमण टोली लेस्टरका लागि सान्तवना गोल फर्काए । भर्डीले इन्जुरी समयको दोस्रो मिनेटमा रिकार्डो परेराको क्रसलाई गोलमा परिणत गर्दै खेललाई २–१ मा ल्याए । त्यसपछि दुबै टिमबाट गोल भएन र खेल युनाइटेडले २–१ ले जित्यो ।

जितसंगै जोसे मोरिन्होको टोली युनाइटेडले सिजनको पहिलो खेलमा ३ अंक जोडेको छ ।