काठमाडौँ– नेपालका अधिकांश पुल परम्परागत शैलीका छन् । तर नेपालमा पनि मौलिक संस्कृति, रहनसहन झल्कने गरी निर्माण गरिने विशेष खालका ‘सिग्नेचर पुल’ निर्माणको थालनी छिट्टै हुने भएको छ ।


ADVERTISEMENT


यस्ता पुलको निर्माणले देशको सडक यातायातलाई थप सहज र सुलभ हुनुका साथै पर्यटन प्रवद्र्धन गर्न समेत मद्दत पुग्ने विश्वास गरिएको छ । यस्ता पुल नेपालमा पहिलो पटक निर्माण हुन लागेको हो ।


ADVERTISEMENT

# # #


देशका विभिन्न भागमा निर्माण हुन लागेको यस्ता १० वटा पुलका लागि विश्व बैङ्कले आर्थिक सहयोग दिन लागेको र त्यसलाई अन्तिम रुपम दिन भदौ ५ गते काठमाडौँमा विश्व बैङ्क र नेपालका अधिकारीहरूबीच बैठक हुन लागेको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गतको पुल महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले जानकारी दिएका छन् । – आजको गोरखापत्रबाट