फागुन, ४ । भागेश्वर गाविससबाट सदरमुकामतर्फ आउँदै गरेको से१ज ८३३ नं को जीप आज दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।


ADVERTISEMENT


अमरगढी नगरपालिका– ३ ठूलोखोला नजिक उक्त जीप दुर्घटनामा परेको प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए । जीप सडकबाट करिब ३०० मिटर तल खसेको थियो । दुर्घटनामा परेर पाँच जनाको घट्नास्थलमा तथा एक जनाको उपचारका क्रममा उप–क्षेत्रीय अस्पताल डडेल्धुरामा मृत्यु भएको हो । परिचय नखुलेकाले मृतकको सनाखत हुन सकेको छैन ।


ADVERTISEMENT

# # #